Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरकारीको करोडौँ अपचलनमा हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत अनुसन्धान हुनुपर्ने बताएका छन् । थापाले लामिछाने गोर्खा मिडियाको सञ्चालक हुँदा सहकारीबाट करोडौँ रकम लगिएको बताए । ‘२०७८ वैशाखदेखि २०७९ जेठसम्म जतिबेला यसको (गोर्खा मिडियाको) सञ्चालक रवि लामिछाने पनि हुनुहुन्थ्यो । त्यो बेलामै सहकारीबाट दशौँ करोड लगिएको छ,’ थापाले भने ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले सहरकारीको रकम अपचलनमा मुछिएका कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । उनले यो विषयको निष्पक्ष छानबिन हुन गृहमन्त्री लामिछानेले दिनुपर्ने बताए । सहकारीको करोडौँ रकम गोर्खा मिडियाले लैजाँदा उक्त मिडियाको सञ्चालक लामिछाने रहेको थापाको भनाइ छ ।

आफूहरूले संसद बन्द गर्न खोजेको नभई यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने थापाले बताए । उनले नक्कली भुटानी शरणार्थी, टेरामक्स, बाँसबारी छालाजुत्ता तथा सुन तस्करीमा कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । सँगसँगै सहकारीको रकम घोटालामा जोडिएकाहरूले पनि उन्मुक्ति पाउन नहुने थापाको भनाइ छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको प्रसंग उठाउँदै थापाले एमालेले त्यसबेला उक्त माग गरेर ठीकै गरेको रहेछ भन्ने देखिएको बताए ।

 

तपाईको प्रतिक्रिया