Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रमा उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा धन्यवाद दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सुन प्रकरणमा मुछिएका महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सांसद थापाले महरामाथि अनुसन्धान गर्न नेपाली कांग्रेसको पनि सरकारलाई पूर्ण साथ रहने बताए । ‘आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर हामीले समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ,’ उनले भने, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ ।’

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैँ कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गरे । ‘प्रमाण नष्ट गर्न सक्ने डर छ,’ सांसद थापाले प्रधानमन्त्रीको जवाफ माग्दै भने, ‘सहकारी ठगीमा आफैँ मुछिएका गृहमन्त्रीले कसरी फेयर ढंगले छानबिन हुन्छ भन्ने विश्वास गर्ने ?’

प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको उनको तर्क छ । ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो,’ उनले भने, ‘प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो ।’

तपाईको प्रतिक्रिया