Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारीधनी एवं चालक अन्दाजी ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए ।

सडकदेखि करिब २०० मिटर तल खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट दुई जनाको शव फेला परेको उनले बताए । “हिजो (आइतबार) राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भीरमा अड्किएको अवस्थामा फेला परेको हो,” उनले भने । प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए ।

तपाईको प्रतिक्रिया