Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेश सभा सदस्री राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको विवरणको पत्र बुझाएका हुन्।आइतबारबाटै लागू हुने गरेर दलीय आबद्धता त्यागेको गुरुङले जनाएका छन्।

बिना कारण र अनयासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन आफु सधैं प्रतिवद्ध रहेको उनको भनाइ छ।केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहदा पनि एमाले माओवादीको गठबन्धनलाई बहुमत पुर्याउन सहज अवस्था देखिंदैन। त्यसो हुंदा गण्डकी प्रदेशसभा विघटन हुने र मद्यावधिमा जान सक्ने खतरा देखिन्छ। आफू मद्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उनको भनाइ छ।

स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र अब नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता, संसदिय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवालयमा उनले निवेदन दिएका छन्। कानुन अनुसार सांसदले आबद्ध भएको पार्टी छाडेमा दल त्याग सम्बन्धी प्रावधान आकर्षित भएर पद नै जान्छ।

तपाईको प्रतिक्रिया