Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एकजना २६ दिने शिशु चोरी आरोप लागेकी दैलेखकी मानकुमारी सिंहलाई जिल्ला अदालतल काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सिंहलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालस १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत फागुन ११ गते प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

सिंहले काभ्रेको चौरीदेउराली गाउँपालिका-३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी मनकुमारी सिंहले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होश गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छन् ।

तपाईको प्रतिक्रिया