Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नागानोमा किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नागानो प्रिफेक्चरल पुलिसले गत डिसेम्बरमा २० वर्षीया किशोरीको अपार्टमेन्टमा पसेर यौन दुर्व्यवहार र लुटपाट गरेको आरोपमा ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार एक कम्पनीका कर्मचारी केइसुके सातोले गत डिसेम्बर १९ का दिन बिहान सबेरै किशोरीको अपार्टमेन्टमा प्रवेश गरेका थिए । उनीमाथि किशोरीलाई ब्युँझाएको, यौन दुर्व्यवहार गरेको र उनको वालेटबाट २८ हजार येन चोरेको आरोप छ ।

शुक्रबार पक्राउ परेका सातोलाई किशोरीले नचिनेको बताएकी छन् । सातो कुन उद्देश्यले त्यहाँ पुगे भन्नेबारे खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया