Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबारको प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर स्थगित भएको छ। प्रतिनिधिसभाकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरेको हो। जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद् अन्सारीको आइतबार बिहान बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो ।

उनको निधन हृदयघातका कारण भएको अस्पताल स्रोतले जनाएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट संसद् बनेकी उनी भीमसेनगोलामा डेरामा बस्थिन्।

उनको स्वास्थ्यमा समस्या देखिएपछि हतार–हतार अस्पताल लगिए पनि अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषित गरेका थिए। अर्को बैठक सोमबार विहान ११ बजेको लागि आह्वान गरिएको छ।

 

तपाईको प्रतिक्रिया