Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

देउखुरी – सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गणले हडपेको स्थानीयको ६ विघा ७ कठ्ठा ९ धुर जग्गा फिर्ताको माग गर्दै शनिबार दाङको भालुवाङमा प्रदर्शन भएको छ । सशस्त्र द्वन्द्व र त्यसअघि विभिन्न नाममा स्थानीयको जग्गा हडपिएकोमा शान्ति पुनर्स्थापना भएको दुई दशक पुग्न लाग्दा पनि फिर्ता नभएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

भालुवाङ पाखापानी जग्गापीडित संघर्ष समितिका अध्यक्ष विमलकुमार घिमिरेको नेतृत्वमा शान्तिपूर्ण -यालीसँगै कोणसभा आयोजना भएको छ । अध्यक्ष घिमिरेले  भालुवाङको ज्वालामाई गण १७ परिवारको जग्गामा स्थापना भएको बताए । ‘हामीले जग्गा भोगचलन गर्न पाएका छैनौँ, अर्काेतिर राज्यलाई नियमित रूपमा मालपोत कर तिरिरहनु परेको छ,’ उनले भने ।उनका अनुसार महेन्द्र राजमार्ग निर्माणका क्रममा सुरुमा उक्त जग्गामा निर्माण सामग्री राखिएको थियो । पछि आयोजनाको कार्यालय बनाइयो । र, सशस्त्र द्वन्द्वमा प्रहरी कार्यालय स्थापना गरेर हामी १७ जना व्यक्तिका नाममा रहेको ६ विघा ७ कठ्ठा ९ धुर जग्गा नियन्त्रणमा लिइएको हो । ‘मुआब्जा दिइएको छैन । यसले हामी पीडित भएका छौँ । संविधानले दिएको निजी सम्पत्तिको सुरक्षा र उपभोग गर्न पाउने हकको संरक्षण गर्नुपर्ने सुरक्षा निकायबाटै यसप्रकारका गतिविधि भएकाले जग्गा पीडितहरू आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने ।

१७ घरपरिवार आफ्नो जग्गाको तिरो बुझाउँछन् । अंशवण्डासमेत गर्न पाइन्छ । तर, भोगचलन गर्न नपाएपछि न्याय मागिरहेका हुन् । पटकपटक सशस्त्र प्रहरी गण, जिल्ला प्रशासन र गृह मन्त्रालय धाए पनि आफूहरूको मागको सुनुवाइ नभएको पीडित मधुसूदन सुवेदीले बताए । ‘गणमा गएका थियौँ । उहाँहरूले ‘सरकारले हामीलाई जहाँ खटाउँछ त्यहीँ बस्छौँ’ भनेर जवाफ फर्काउनुभयो,’ सुवेदीले भने, ‘सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन ।’

तपाईको प्रतिक्रिया