Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले जसरी पनि प्रधानमन्त्री बन्न खोजेको भए अर्को गठबन्धन तयार रहेको बताएका छन्।पार्टीको रौतहट–काठमाडौं सम्पर्क मंचले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूले पदलाई महत्व नदिएको बताए।

‘झण्डै झण्डै दुर्घटना भइसकेको थियो । हामीलाई समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ भन्ने कुरा आइसकेको थियो । हामीले पदलाई महत्व दिएनौं । जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा होइन ।’ उनले भने, ‘जसरी पनि यो देशमा विकास निर्माणको काम अघि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ । परिवर्तनकारी शक्ति मिलेर अघि बढ्नुपर्छ भन्ने पक्षमा छौं ।’

उनले संघमा आफूहरूले तीन मन्त्रालय पाउने सहमति भएको पनि बताए। अहिले दुई मन्त्री सरकारमा पठाएको भन्दै अध्यक्ष नेपालले थप एक मन्त्री समयक्रममा पठाउने बताए। मन्त्रिमण्डल भने पूर्ण भइसकेको छ । २१ वटा मन्त्रालय सबैमा मन्त्री नियुक्त भइसकेका छन् । बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सक्ने भए पनि अब तीन राज्यमन्त्री मात्रै बनाउन सकिनेछ। उनले अब प्रदेश सरकार पनि पुनर्गठन हुने भन्दै त्यहाँ पनि मन्त्री र राजनीतिक नियुक्ति गर्नुपर्ने ठाउँमा पनि योग्य कार्यकर्तालाई स्थान दिइने बताए।

 

तपाईको प्रतिक्रिया