Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रायः सार्वजनिक स्थानमा महिला वा पुरुषलाई जान रोक लगाइँदैन । कुनै टापु वा रिसोर्टमा त झन् महिला वा पुरुष दुवै सहजै जान सक्छन् ।

तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ पुरुषलाई जान प्रतिबन्ध लगाइएको छ । त्यहाँ महिलाले मात्र प्रवेशको अनुमति पाउँछन् । फिनल्याण्डको बाल्टिक समुन्द्रमा रहेको सुपर सी नामक टापुमा मात्र महिलालाई जान अनुमति छ । ८ दशमलव ४७ एकड क्षेत्रफलमा फैलिएको सुपर सी टापु यही वर्ष सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

अमेरिकाकी क्रिस्टिना रोथ नामक एक धनाढ्य महिलाले किनेको उक्त टापु महिलाका लागि आरामसँग छुट्टी मनाउन स्थानका रूपमा खोलिएको हो ।

क्रिस्टिनाका अनुसार उक्त टापुमा महिलालाई पुरुषबाट कुनै समस्या हुने छैन, त्यो हरेक महिलाको स्वप्निल स्थानका रूपमा विकसित हुनेछ । उक्त टापुमा महिलाहरूले शारीरिक तन्दुरुस्ती लगायत खानेकुरा तथा अन्य सबै सुविधा पाउनेछन् ।

सुपर सी टापुमा बन्ने रिर्सोटका ४ वटा क्याबिनमा १० जना महिलाले आरामसँग बस्न पाउनेछन् । तर उक्त रिसोर्टमा पैसा तिरेको भरमा मात्र कोठा भने पाइँदैन । त्यसका लागि अन्तर्वार्ता पनि दिनुपर्नेछ । अन्तर्वार्तामा पास भएका महिलामात्र त्यहाँ जान पाउँछन् ।

महिलालाई मात्र टापु प्रवेशमा अनुमति दिएर पुरुषलाई रोक लगाउनुको पछाडि कुनै विशेष कारण भने छैन । क्रिस्टिनाका अनुसार आगामी दिनमा पुरुषहरूका लागि मात्र पनि एक टापु किन्ने सोचमा आफू रहेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया