Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको सबैभन्दा ठूलो चुनौति संविधान, गणतन्त्र र संघीतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरु प्रमुख समस्याको रुपमा रहेको बताएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसिकिँने बताएका हुन् ।

नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने उनले बताए । ‘आ-आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन् । हाम्रो पार्टीले तीन वटा मन्त्री पाउँछ । दुईटा पठाएको छ । अर्को पनि हामी समयक्रममा पठाउनेछौं,’ उनले भने ।

गठबन्धनमा भने उनको पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएको थियो । सो अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री छन् ।

अध्यक्ष नेपालले प्रदेश सरकार पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने बताए । सँगै राजनीतिक नियुक्तीमा पनि आफ्ना मान्छेहरू पठाइने उनले बताए । ‘त्यस्ता ठाउँहरूमा जहाँ राजनीतिक नियुक्ति गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यहाँ योग्य र सक्षम मान्छेहरू हाम्रा पनि छन् भने त्यसप्रति कुनै पूर्वाग्रह नराखी सकारात्मक सोच राखेर उनीहरूले पनि अवसर पाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया