Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत फेला परेकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ भेटिएको छ । सुस्मिताको साथमा सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको हो ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन नमिल्ने गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले जानकारी दिए । ‘सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

शुक्रबार पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकै जंगलमा रुखमा झुण्डिएको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका-१ घर भई हाल कपनमा बस्ने सुस्मिता मृत भेटिएकी हुन् ।डीएसपी थेवेका अनुसार सुस्मिता कपनमै रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन् । कोठाबाट कलेज जान्छु भनेर हिँडेकी सुस्मिता दुई दिनपछि जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

शुक्रबार बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको जस्तो देखिने जानकारी दिंदै डीएसपी थेवेले थप अनुसन्धान जारी रहेको बताए । सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया