Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – जापानी फिल्म फेस्टिभल २०२४ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । पोखरामा फेस्टिभल पाँच दिन सम्पन्न भएपछि काठमाडौंमा महोत्सव सुरु भएको हो । शुक्रवारदेखि काठमाडौंमा सुरु भएको दुई दिने यो कार्यक्रममा कुल ५ वटा फिल्म देखाइन्छ भने जापानको पहिरन र लेखाइ पद्दतीको अनुभव नेपालीले नेपालमै गरुन् भन्ने हेतु यो फेस्टिभलको आयोजना गरिएको जापानी राजदूतावासले जनाएको छ । शुक्रबार र शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा फेस्टिभल चलिरहेको छ । मार्च २० र २१ मा पानीपोखरीस्थित दूतावासको हलमा पनि फेस्टिभल हुनेछ ।हिजो शुक्रबार केन्जी उचिदा निर्देशित १२५ मिनेट लामो कमेडी फिल्म ‘की अफ लाइफ’ प्रदर्शन गरिएको थियो। शुक्रबार नै ‘स्कुप हन्टर’ समेत स्क्रिनिङ भएको थियो । सन् २०१३ मा रिलिज भएको यो फिल्मले एक पत्रकारको कथा भन्छ जो जापानी नागरिकको जीवन अवस्थाको रेकर्डका लागि समय यात्रामार्फत १६ औं शताब्दीमा फर्किन्छ ।शनिबार भने यासुकी साकाकीबारा निर्देशित फिल्म ‘सियोरी’ स्क्रिनिङ भैरहेको छ । पिता बिरामी भएर कमजोर बनेपछि मासाया नामक छोराले असहाय महसुस गरेको कथा यसमा छ । शनिबारनै ताकेसी वातानावे निर्देशित फिल्म ‘नेको निन्जा’ स्क्रिनिङ हुँदैछ । आजै अर्को फिल्म ‘कामोमी डिनर’ पनि देखाइँदैछ ।

तपाईको प्रतिक्रिया