बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार भएको छ । परोहा नगरपालिका-९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो। लुटपाट गर्ने उद्देश्यका साथ साहमाथि हमला भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको पनि जनाएको छ । गोली प्रहारबाट घाइते साहलाई उपचारका लागि अस्पताल लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया