बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – काठमाडौं पशुपतिको जंगलमा एक किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

उनको शव बिहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले जानकारी दिए । मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको डिएसपी थेवेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै उनी केही दिनदेअि सम्पर्कविहीन रहेको बताइएको छ । थापा भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

तपाईको प्रतिक्रिया