बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेकोमा आज शुक्रबार अचानक बैठक बोलाइएको हो ।

उच्चस्तरीय छानबिन समितिले सुन तस्करीबारेको प्रतिवेदन बुझाएपछि उत्पन्न तरंगपछि आवश्यक निर्णय लिन बैठक डाकिएको बुझिएको छ । समितिले मा‌‌‌‌ओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया