मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन दबाब दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कार्कीलाई पदबाट राजीनामा दिन दबाब दिएका हुन् । राजीनामा नदिए संविधान र कानुनका आधारमा अघि बढ्ने भण्डारीले बताए । ‘अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस् राजीनामा दिनुस्,’ भण्डारीले कार्कीलाई भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौं ।’

सत्तापक्ष अल्पमतमा भएकोले मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको भण्डारीले जिकिर गरे । कोशीमा कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् ।

तपाईको प्रतिक्रिया