Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको पाइएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख महरा संलग्नता रहेको औँल्याएको हो ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो प्रतिवेदन शुक्रबार गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छन् । उनले दोषि जो सुकै भएपनि नछाड्न निर्देशन दिएका छन् ।

इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको थियो ।हङकङबाट तस्करी भएको ६० किलो साथै भेपमा लुकाएर तस्करी गरिएको सुनलगायतका प्रकरणको जाँचबुझका लागि आयोग बनाइएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ ।

तपाईको प्रतिक्रिया