Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – होस्टलमा बस्ने विद्यार्थी (छात्रा)लाई कुटपिट गरी निकाल्ने र किताबकापी फ्याँक्ने महिला तीन दिनदेखि प्रहरी हिरासतमा छिन् । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटुवाल रेग्मीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । घटनाको भोलिपल्ट बुधबार उनी काठमाडौं भाग्न लाग्दैगर्दा पक्राउ परेकी थिइन् ।

उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको समय दिएको छ । अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मङ्गलवार राति नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालेकी थिइन् । हिरासतमा रहेकी मधुको परिवारले पीडित विद्यार्थीसँग मिलापत्र गर्न आग्रह गरिरहेका छन् । तर, विद्यार्थीहरूले मानेका छैनन् । उनीहरूले कानून बंमोजिम कारबाही हुनुपर्ने अडान राखेका छन् ।

विद्यार्थीले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी थिइन् । होस्टलकी सञ्चालक मधुले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओमार्फत् सार्वजनिक भएको थियो । घटनापछि त्रासमा रहेका विद्यार्थी बिरामी भएका थिए ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया