Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले अबदेखि राष्ट्रिय परिचय पत्रको नम्बरसहित जन्मदर्ताको प्रमाणपत्र दिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो ।

‘नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था भएबमोजिम यस विभागको २०८० फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न देहायअनुसार गर्नु गराउनुहुन अनुरोध छ,’ विभागले सबै स्थानीय तह र नेपाली कूटनीतिक नियोगलाई लेखेको पत्रमा उल्लेख छ।

 

 

तपाईको प्रतिक्रिया