Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पूर्णबहादुर गुरुङ (धादिङ), नवीन शाही (जाजरकोट), पदमबहादुर घिमिरे (उदयपुर), गंगाराम अधिकारी (झापा), जितबहादुर विक (बाग्लुङ), सञ्‍जय केसी (बाँके) र सुन्दर मोक्तान (रसुवा) छन्।

यीसँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। यसअघि नौ जनाको मृत्यु भएको थियो। रूसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना अभियानले फागुन १२ गते  रूसी सेनामा ५३१ नेपाली युवा रहेको विवरण सार्वजनिक गरेको थियो। अभियानका अनुसार ११६ जना नेपाली घाइते छन्।

तपाईको प्रतिक्रिया