Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी देखाएको भए पनि सरकारी पक्ष पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत, पाटन पुगेको छ। जिल्ला अदालत काठमाडौले भने गौशाला २६ लाई नाबालिक नरहेको फैसला सुनाउँदै सन्दीपलाई ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोश रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलात्कार मुद्दा लिएर पुन: उच्च अदालत पुगेको हो । सन्दीपविरुद्धको मुद्दा दर्ता भएको छ। उनीहरूले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारवाही माग गर्दै मुद्दा दर्ता गरेका हुन्।

उक्त आदेश बदर हुनुपर्ने माग सहित सन्दीप लामिछानेले यसअघि नै उच्च अदालतमा पुनरावेदन दिइसकेका छन् । जिल्ला अदालत काठमाडौले गौशाला २६ लाई नाबालिक नरहेको ठहर गरेपछि त्यसलाई बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा सरकार पक्षबाट पुनरावेदन आएको र अब पेशी तोकेर सुनुवाइ अगाडि बढाइने उच्च अदालत पाटनले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया