Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

मानव संशाधन कम्पनीका हैसियतले के लाइन ग्रुपले खाद्य प्रशोधन सम्बन्धि कामका लागि आवश्यक पर्दा उपलब्ध गराउन सकिने गरी ४ सय भन्दा बढि दक्ष नेपाली कामदारहरु सुरक्षित गरेको छ । अन्य कम्पनीहरुको तुलनामा के लाइनमा निम्न कारणहरुले गर्दा काम गर्न सहज छ ।

१. काम गर्ने जुनसुकै साइटमा गए पनि सिनियर नेपाली स्टाफहरु भएकोले उनीहरुले राम्रोसंग काम सिकाउने हुँदा बानी नपर्दासम्म ढुक्कसंग काम गर्न सकिन्छ ।
२. हामीकहाँ स्थायी कर्मचारीकारुपमा लामो समयदेखि काम गरिरहेका नेपालीहरु पनि धेरै नै हुनुहुन्छ । उहाँहरु मध्य जापानी राष्ट्रियता
(किखा) लिईसक्नु भएका र जापानको स्थायी भिसा (एइज्युकेन) लिईसकेकाहरु पनि धेरै नै हुनुहुन्छ । यदि तपाई पार्टटाइम काम गर्न चाहानुहुन्छ र जापानी भाषा आउँदैन भने पनि सिनियर नेपाली स्टाफहरुले राम्रोसंग काम सिकाउनुहुन्छ । हामीकहाँ कामका लागि धेरै राम्रो वातावरण छ, त्यसोभएकोले कतिपय स्टाफहरु ८ वर्षदेखि लगातार काम गरिरहनुभएको छ ।
३. हामी कहाँ पार्टटाइम र फुलटाइम (स्थायी) काम गर्ने नेपाली महिलाहरु पनि धेरै नै हुनुहुन्छ । महिलाहरुले पनि सक्रिय तथा सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्ने उपयुक्त वातावरण उपलब्ध छ ।
४. यस कम्पनीमा सामुहिक डिनर जस्ता इनडोर कार्यक्रमहरु पनि भईरहने भएकोले रमाईलो वातावरणमा अन्तरसंवाद गर्ने अवसरहरु पनि उपलब्ध छन् ।

१. आगामी वर्ष २०२५ को अप्रिलदेखि आवश्यक पर्ने स्थायी कर्मचारीहरुको परिपूर्ती सम्बन्धमाः
२०२५ को मार्चमा पढाई पूरा गर्न गईरहेका विद्यार्थीहरुबाट यो आवश्यकता परिपूर्ती गरिने अपेक्षा गरिएको छ । उनीहरु नेपालीभाषी हुनेछन् तर जापानी भाषाको लेभल भने एन-टु को हुनुपर्ने छ । यसका साथै तिब्र इच्छाशक्ति र राम्रो संवादशैली भएका स्मार्ट जनशक्तिको हामीलाई आवश्यकता छ । जसको काम पार्टटाइम कामदारहरुको ब्यवस्थापन गर्नु, मौखिक तथा लिखित भाषानुवाद गर्नु र स्थायी कर्मचारी भर्ना कार्यमा सहजीकरण गर्नु हुने छ । मापदण्ड पुगेका योग्य उम्मेदवारहरुबाट आवेदन आह्वान गरिन्छ ।
२. तोकुतेइ गिनोउ (एसएसडब्लु) सम्बन्धमाः तोकुतेइ गिनोउ (एसएसडब्लु) सीपयुक्त कामदार (खाद्य तथा पेय पदार्थ उत्पादन ब्यवसायको प्रमाणपत्र भएको) योग्यता पुगेका उम्मेदवारहरुलाई पनि हामी सँधै स्वागत गर्दछौं । यसका साथै समान काम गर्दै आईरहेका अन्य कम्पनीबाट आउन इच्छुकहरुलाई पनि स्वागत गर्दछौं । कामको प्रकृति बारे भन्नुपर्दा कम्पनीभित्र सागसब्जी, तरकारी र फलफूल काट्ने तथा प्रशोधन गर्ने हुने छ । कामको बारेमा तपाईलाई अनुभव नभएपनि कम्पनीमा आबद्ध भएपश्चात सजिलो गरी छिट्टै काम सिक्नुहुने छ भन्ने हाम्रो अपेक्षा हुने छ ।
पुनश्चः सन् २०२४ पश्चात २ वर्ष वा सो भन्दा बढि ब्यवहारिक अनुभव र त्यसपछि हुने परीक्षामा उत्तीर्ण भएमा एसएसडब्लु-२ मा जान सकिने छ । एसएसडब्लु-२ मा जाने बितिकै आफ्ना परिवारका सदस्यलाई डिपेन्डेन्टमा जापान बोलाउन सकिने छ भने अन्य भिसा परिवर्तन गर्न पनि सकिने छ । भिसा स्टाटस परिवर्तन स्वीकृत भएमा त्यसपछि भने हरेक पटक नविकरण गर्दै अनिश्चित कालसम्म जापान बस्न सकिने ढोका खुल्ला हुने छ ।

माथि उल्लिखित १ र २ नं को बुँदासंग सम्बन्धित बिषयमा थप जानकारीका लागि:
सम्पर्क फोन नंवरः 03-3358-4075
Email:[email protected]
सम्पर्क ब्यक्तिः Uchida &  Futakuchi

३. आरुबाइतो तथा पार्टटाइमर नेपाली लिडर आवश्यकताः (फुड फ्याक्ट्रीमा काम गर्नुपर्ने): जापानी भाषा आउँदैन भनेपनि सरल ढंगले काम सिकाईन्छ भने जापानको जीवनशैली बारेमा पनि परामर्श लिन सक्नुहुने छ । यहाँ महिलाहरुले समेत फुलटाइम काम गर्न सक्दछन् । हप्तामा ३ दिन काम गर्न सक्नेका लागि पनि अवसर छ ।

पुनश्चः  हामीलाई आवश्यक पर्ने योग्य जनशक्ति परिचय गराई सहयोग गर्ने सिफारिसकर्ताहरुका लागि पनि हामीले विशेष लाभांशका बारेमा सोचविचार गरिरहेका छौं ।
काम गर्ने स्थानः ताचिकावा, टोकियो, सागामीहारा (खानागावा प्रिफेक्चर), याचियो (चिवा प्रिफेक्चर), ताकासाकी (गुन्मा प्रिफेक्चर), तोयोआके (आइची प्रिफेकचर), खुवाना (मिय प्रिफेक्चर)
(सिजनअनुसार कुनै कुनै साइटमा पार्टटाइम स्टाफ भर्ना कार्य बन्द हुन पनि सक्ने छ)
प्रतिघण्टा पारिश्रमिक दर लगायतका बारेमा जानकारीका लागि वेभसाइट हेर्नुहोला । http://k-linegroup.co.jp/

माथि उल्लिखित बुँदा नंबर ३ संग सम्बन्धित जानकारीका लागि :
070-3619-2460 (Gunma: Chandra),
090-7176-2216 (Kanagawa: Anzana),

For Nepali Language
070-2189-4246 (Aichi/Mie: Sanjita),
080-5872-6984 (Tokyo/Chiba: Ramita)
Facebook Page: K-line Primeira LINE & Viber OK!

 

तपाईको प्रतिक्रिया