शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘रङ्गेली’ मा समावेश ‘फूल ओइलिए’ गीत सार्वजनिक भएको छ। सार्वजनिक यस गीतमा सुशान्त संगीत र स्वर सुन्न सकिन्छ। गीतको शब्द भने यसै फिल्मका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन्। शुक्रबारबाट रिलिज भएको यस फिल्मले सिनेमाहलमा दर्शकहरुको राम्रो साथ पाइरहेको छ। दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो।

नेपाल रिलिजपछि यो फिल्म अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने भएको छ। यस फिल्ममा दयाहाङ र मिरुनाको साथै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ। यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

तपाईको प्रतिक्रिया