Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हास्मीले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो।

त्यसक्रममा उनीहरुबीच दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। साथै सो क्रममा राजदूत हास्मीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । परराष्ट्रमन्त्री श्रेष्ठले आजै नर्वेका लागि नेपाली राजदूत तोरुण द्रमदलसँग भेटवार्ता गरेका थिए।

 

तपाईको प्रतिक्रिया