Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उदयरपुरमा बलेरो जिप भिरबाट खस्दा ६ जनाको मृत्यु भएको छ ।बिहीबार भोजपुरको घोडेटारबाट सुनसरीको धरान आउँदै गरेको को १ ज ३२९३ नम्बरको जिप बेलका नगरपालिका-७, मैनामैनीमा भिरबाट खसेको हो । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

उनका अनुसार २ जना पुरुष, ३ जना महिला र १ बालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते सातै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । जिपमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । जिप सडकबाट झन्डै पाँच सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ।

 

 

तपाईको प्रतिक्रिया