समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।