Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । सहकारी पीडितहरुले काठमाडौं उपत्यकाको सवारी आवागमन अवरुद्ध हुनसक्ने जानकारी पहिलेनै गराएको बताएका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।

पीडितहरूले आजको प्रदर्शनका लागि कालिमाटी, गोङ्गबु नयाँ बसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्‍याली निकालेर पाँचै टोली सुन्धारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरूले कोणसभा गर्ने कार्यक्रम छ ।सहकारी पीडितहरूको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन ।

 

तपाईको प्रतिक्रिया