शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत हुन भनेपछि ‘भाइबर’ नेपालमा औपचारिक रुपमै सूचीकृत भएको छ। योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेको अनुसार यसमध्ये भाइबर र लिंक्ड इनले सूचीकरण हुन आवेदन दिएका थिए भने स्न्यापच्याटले पनि इच्छा देखाएको छ।

 

 

तपाईको प्रतिक्रिया