Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – वैदेशिक रोजगारीको लागि कुवेत पुगेको तीन नेपालीको सडक दुर्घटनामा परी ज्यान गएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा सानोभर्‍याङ्ग, नागार्जुन–२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कडायत र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर छन् । साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो काट्दै गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन् । उनीहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सूचना पाए लगतै परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया