शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नायक सलोन बस्नेत र करिश्मा केसीको पेग्रेन्सी फोटो सुटको तस्बिर सार्वजनिक भएको छ । बुधबार तस्बिर सार्वजनिक गर्दै सलोनले नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । निलो जिन्स र सेतो कपडामा उनीहरूले फोटो सुट गरेका छन् । करिस्माले पाइन्टको जिपर भने खुला राखेकी छिन् । तस्बिरमा दुवैलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ।

तस्बिर सार्वजनिकपछि पहिलो सन्तानको अभिभावक बन्न लागेको यो जोडीलाई समर्थक तथा शुभचिन्तकहरूले बधाई दिएका छन् । सलोन र करिश्माको गत वर्ष मंसिर १२ गते विवाह भएको थियो। तीन वर्ष लामो प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए।

तपाईको प्रतिक्रिया