Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनकपुरधामस्थित सिटी स्टार फेमिली होटलमा मृत भेटिएकी ३० वर्षीया खुश्बु सुनार नेपालीको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । उनले लगाएको कपडा समेत च्यातिएको पाइएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

होटल परिसरबाट प्रहरीले भारतीय नम्बर प्लेट बीआर ४३-१६३९ को मोटरसाइकल बरामद गरेको छ । सोमबार बेलुका खुश्बुसहित उनकी एक साथी र उनीहरूसँग दुई युवक होटलमा सँगै प्रवेश गरेको होटल सञ्चालक सन्तोष साहले प्रहरीलाई जानकारी दिएका छन् । तर, उनीहरूले छुट्टाछुट्टै कोठा लिएको जनाइएको छ । महिलाहरूले एउटा कोठा र पुरुषहरूले अर्को कोठा लिएको साहले जानकारी दिएका छन् ।

महिलाहरू बसेको १०१ नम्बर कोठामा बिहान खुश्बु अचेत अवस्थामा भेटिकी थिइन् । लगत्तै उनलाई जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । पछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटना लगतै फरार दुई युवकको खोजी तीब्र बनाएको छ ।

तर अहिलेसम्म उनीहरुको पत्तो लागेको छैन । आफूले थाहा भएसम्म दुवै केटाको विवरण पुलिसलाई दिएको होटल सञ्चालक साहले बताएका छन् । यही घटनापछि होटलका केही कर्मचारी पनि फरार भएको बताइएको छ । मृतक युवती धनुषाको महेन्द्रनगरस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । उनका छोरा र छोरी छन् ।

तपाईको प्रतिक्रिया