Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनावअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति वा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए । ‘निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भने छातीमा छर्रा भएका मान्छेले बर्जुवालाई नै भोट हाल भन्नु र जसको घरमा नै हत्या भएको छ,’ राउतले भने, ‘हत्या गर्नेलाई नै भोट माग्नु कति घातक छ भन्ने देखारहेको छ । कि निर्वाचनमा गठबन्धन रोक्न सक्ने ऐन कानुन ल्याउन सक्नुपर्‍यो । कि व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्‍यो ।’

उनले संसद्को छलफलमा घण्टौं समय बिताउनुभन्दा गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ भन्ने गीत बजाइदिए पुग्ने राउतले बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत माग्दाखेरि त्यसमा मत दिने कि नदिने विषयमा यहाँ जम्मा भएका छौं । सोही क्रममा हामीले सबै दलका कुरा सुन्यौं, घण्टौंसम्म कुरा सुन्दाखेरि लाग्छ, बरु एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो, लामो फेहरिस्त दिनै पर्दैनथ्यो’, उनले भने ।

तपाईको प्रतिक्रिया