Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र दलका नेताप्रति जनताको विश्वासमा क्षयीकरण हुँदै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दलहरूका पछिल्ला गतिविधिले त्यसलाई मलजल गरिरहेको टिप्पणी गरे । ‘नेताका प्रति, राजनीतिप्रति जनताको विश्वासमा झन् क्षणीकरण भएको छ,’ उनले भने, ‘यस्ता क्रियाकलापले त्यसलाई मलजल गर्छ ।’

स्वार्थ मिले टाँसिने र नमिले छुट्टिने गरेको विषय सत्ता गठबन्धनका नेताबीच भएको सात आठबुँदेबाट पनि देखिने उनले बताए । उनले सत्तालाई सुरक्षा कवचका रूपमा प्रयोग गर्न गठबन्धन बनेको जिकिर गरे ।

लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूले विश्वासको मत नदिने बताए । ‘सत्ताकेन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । विश्वासको मत दिँदैन,’ उनले भने ।

उनले अघिल्लो निर्वाचनपछि बनेको सरकार परिवर्तन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डलाई जीवनको अन्तिम गल्ती हुन सक्ने बताएको सुनाए । उनले अहिले पनि प्रधानमन्त्रीलाई नयाँ गठबन्धन बनाउनु जीवनको अन्तिम गल्ती नहुने नहोस् भन्ने कामना गरे । ‘फेरि पनि भन्छु- प्रधानमन्त्रीको जीवनको यो अन्तिम गल्ती नबनोस् । गल्ती सच्याउने मौका नहुने अवस्था नबनोस्,’ उनले भने ।

तपाईको प्रतिक्रिया