Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन चुनौती दिएका छन् । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको खण्डमा आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज (बुधबार) विश्वासको मत लिनुअघि आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कांग्रेस–एमाले मिल्छौं भनेर नधम्क्याउन चुनौति दिए । उनले आफू हिजो सबै मिलेर टाउको काट्नै आउँदासमेत नडराएको स्मरण गराउँदै यस्ता प्रकारका धम्कीबाट नडराउने बताए ।

उनले भने ‘ तपाईँहरु सबै मिल्नुभयो भने नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधानको रक्षाको पक्षमा, राष्ट्रियताको सुदृढीकरणको पक्षमा लडिराख्छ । तपाईहरुलाई लागेको प्रचण्ड डराउँछ त्यसो भनेर ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि यो लागेको छ भने हिजो त तपाईँहरु सबै मिलेर टाउकै काट्न खोजेको हो नि त । डराउँछ माओवादी केन्द्र ठान्नुभएको छ । त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस्,’।

 

तपाईको प्रतिक्रिया