Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न उठाएका छन् । बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्रीको यात्रा कहाँ पुग्छ भन्दै प्रश्न गरेका हुन् ।

यस्तोमा प्रचण्डबाट धोका खाएकाहरू एकैठाउँमा उभिन सक्ने शर्माले बताए । ‘धोका खाएकाहरू एकै ठाउँ आए भने राजनेतको हालत के होला ?’, उनले भने, ‘अहिले विश्वासको संकट भएका बेला एकै वर्ष तीन पटक विश्वासको मत लिनु हुँदैछ प्रधानमन्त्रीले । हामीले स्थिति बदलौँ भनेको तर तपाईंले गठबन्धन बदल्नु भयो ।’

उनले ‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरोधीसँग सरकारमा सँगै बस्दा कस्तो लागेको थियो ?’ भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीज्यू, तपाईंहरूले गठबन्धन तोड्दै गर्दा नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल राखेर हस्ताक्षर गर्दै हिन्दुराष्ट्रको अभियान चलाएको बताउनुभयो,’ शर्माले भने, ‘प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसले कुन विषयमा छलफल गर्ने, कुनमा नगर्ने भनेर देशको प्रधानमन्त्री समेत रहेको कुनै कम्युनिस्ट पार्टीको नेतालाई सोध्नुपर्ने हो ?’

सत्ता गठबन्धन छोड्दै गर्दा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले महासमिति बैठकस्थलमा हिन्दुराष्ट्रको स्टल राखेर हस्ताक्षर अभियान चलाएको भन्दै प्रश्न गरेका थिए ।

तपाईको प्रतिक्रिया