Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत एक वर्षदेखि नेपाली कांग्रेसभित्र देखिएको गुटगत लडाइँले सरकार र सहकार्यमा असर परेकाले आफूले आजित भएर गठबन्धन फेरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले आफूले समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए । ‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ । तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु,’ उनले भने, ‘मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला । कांग्रेसलाई एकीकृत गर्न प्रयोग गर्नुहोला, म खुसी हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले आफूलाई ‘भिलेन’ बनाउन जोडबल गरिरहेको जिकिर गरे । तर, कांग्रेसभित्रको कचिगङ्ल समाधान भए लोकतान्त्रिक आन्दोलनलाई ट्रयाकमा ल्याउन सकेकामा आफू खुसी हुने भन्दै व्यंग्य गरे ।

कांग्रेस नेताले केही समयअघि संसद्को रोस्ट्रममा उभिएर आफूलाई ‘नेपालको राजनेता’ भनेर घोषणा गरेको उनले उल्लेख गरे । ‘त्यही राजनेता आज संविधानानुसार राजनीतिक मान्यताको आधारमा राष्ट्रको बृहत्तर हितमा राखेर देशका जनतामा नयाँ आशा र विकासको नयाँ गति लिने संकल्पसहित लोकतान्त्रिक विधिबाट समीकरण बदल्दा विश्वासघाती र धोकेबाज कसरी भए ?’ भन्दै उनले प्रश्न गरे ।

तपाईको प्रतिक्रिया