Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले चीनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

“नेपाली कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुइ भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले भने ।

नेपाली कांग्रेसले इमानका कुरा गरेर धाक लगाएको देख्दा, सुन्दा अचम्म लाग्ने भन्दै उनले व्यंग्य गरे । “मलाई कांग्रेससँग भनाभन गर्न मन छैन, तर खानी, साह्रै एकदम वाचा–बन्धनमा अडिएको इमानैइमानको खानी, बेइमानी थाहा नपाएको भनी बोल्दा आश्चर्य व्यक्त गरेको हो । गाउँघरतिर बाउला तानेको भन्छ । ठिक बोलौँ है भनेर मैले सम्झाएको हो,” उनले भने । उनले ‘बिहान ऐना हेरर आएको हो ?’ भन्दै प्रश्न गरे ।

तपाईको प्रतिक्रिया