Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ।

यता रेशम चौधरी संरक्षक रहेको दल नागरिक उन्मुक्ति (नाउपा) ले पनि पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले मंगलबार एक सूचना जारी गर्दै प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी हुन्। प्रचण्डले बुधबार संसदमा विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।

 

 

तपाईको प्रतिक्रिया