Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि आवतजावत नै बन्द भएको छ । आगलागीले पुलका लठ्ठामा पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो ।

वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीले बताए । उनकाअनुसार आगलागीबाट ट्रकमा पूर्ण रूपमा क्षति भएको छ भने त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको छ ।

दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले पुलका लठ्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए । त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर-कोठियाघाटको बाटोस्थित कर्णाली नदीको पुलबाट ‘डाइभर्ट’ गरिएको छ ।बल्ल पुग्यो विज्ञ टोली
आगलागी भएको करिब २४ घण्टापछि पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार अहिले विज्ञ टोली पुल पुगेको हो ।

टोलीले बुधबारसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने छ । ‘आगलागीबाट पुलमा कति क्षति भएको छ, त्यो कति जोखिमपूर्ण हो भन्नेबारे विज्ञ टोलीले अध्ययन गर्छ,’ पोखरेलले भने, ‘त्यसपछि हामी निर्णय गर्छौं ।’

किन महत्वपूर्ण छ यो पुल ?
जापानी कम्पनीले सन् १९९३ मा कर्णाली पुल निर्माण सम्पन्न गरेको थियो । यो पुल ५ सय मिटर लामो छ । बीचमा ठडिएको अग्लो खम्बामा दुवैतर्फ स्टिलका लठ्ठाले बाँधेर पुल निर्माण गरिएको छ । नमुना डिजाइनका कारण यो पुल यातायात मात्र नभई पर्यटकका बीचमा समेत उत्तिकै लोकप्रिय छ ।

यस भेग भ्रमणमा पुग्नेले पुल नजिक सवारीसाधन रोकेर सेल्फी लिने गर्छन् । यो पुल बनेसँगै चिसापानी बजारको विकास समेत तीव्रतासाथ भएको हो । यहाँ कर्णाली नदीमा मारिएका माछा खान, पौडी खेल्न र र्‍याफ्टिङ गर्न वर्षेनि हजारौं पर्यटक पुग्ने गर्छन् ।

तर यो पुल बने यता मर्मत सम्भार हुन सकेको छैन । सशस्त्र युद्धको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त हुँदा पुलको तार तथा पिल्लरमा गोली लागि क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया