Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । रामानन्दचोकस्थित होटलको कोठामा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएकी पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनारको मृत्यु भएको हो ।

उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको पनि डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक फरार भएका छन् । उनीहरुको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाको भनाई छ ।

तपाईको प्रतिक्रिया