Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा अत्यधिक बहुमता सांसदको समर्थनसहित निर्वाचित भएका हुन् ।

माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनित सांसद थिए । ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा एक सांसद् तटस्थ रहे । दाहालले ३९ मत प्राप्त गरे । उनको विपक्षमा १७ मत पर्यो । एक सांसद तटस्थ रहे ।

बैठकको प्रारम्भमा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई एमाले, एकीकृत समाजवादी र जसपाका सांसदले समर्थन गरेका थिए ।

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहाल संविधानसभा सदस्य पनि हुन् । उनी यसअघि २०६२÷०६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाका सदस्य पनि थिए ।

तपाईको प्रतिक्रिया