Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो ।

एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत समाजवादीलाई समेटेर पाँच दलबीच गरिएको लिखित सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने मात्रै उल्लेख छ ।

तपाईको प्रतिक्रिया