Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । इन्डोनेसिया सरकारले अहिले यो स्तब्ध पार्ने घटनाको अनुसन्धान गरिरहेको छ । बाटिक एयरको यो विमान गत जनवरी २५ मा राजधानी जकार्ताबाट सुलावेसीका लागि उडेको थियो । उडानका बीचमा दुवै पाइलट निदाए । यो विमान २८ मिनेटसम्म यसरी नै उडिरह्यो । दुई पाइलटमध्ये एक जना आफ्ना नवजात जुम्ल्याहा बच्चाको हेरचाह गर्दा थाकेको बताइएको छ ।

जसका कारण उनी ड्युटीमा बस्दा सुते । दुवै पाइलट निद्रामा परेका कारण विमान केही समय बाटो हरायो तर अन्ततः सकुशल अवतरण गर्न सफल भयो । जहाजमा सवार सबै १५३ यात्रु सकुशल छन् । दुवै पाइलटलाई लापरवाही गरेको आरोपमा अस्थायी रूपमा निलम्बन गरिएको छ ।

यातायात मन्त्रालयको रिपोर्टमा ३२ वर्षीय पाइलटले विमान उडेपछि आफ्ना सहचालकलाई आधा घण्टासम्म विमानलाई नियन्त्रणमा राख्न भनेका थिए । मुख्य पाइलटले आफूलाई आराम चाहिएको बताएका थिए । तर केही समयपछि को-पाइलट पनि निदाए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया