Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने भएको छ भने सरकारलाई विश्वासको मत समेत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।

शिर्ष नेताको छलफलमा एकीकृत समाजवादीले राखेका माग पुरा भएको बताइएको छ । शिर्ष नेताको बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहित एकीकृत समाजवादीका सांसदहरुसँग समेत संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो । यसअघि, एकीकृत समाजवादीका नेताले आफ्ना मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने चेतावनी दिएका थिए । सरकारमा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै छ ।

तपाईको प्रतिक्रिया