Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो ।

पिएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए । नेपाली बलर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए भने प्रतिस जिसीले २ तथा आकास चन्द र गुलशन झाले एक/एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए । त्यस्तै विनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, विवेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए ।

पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल सिरिजको फाइनलमा पुगेको छ ।  नेपालको २ खेलमा ३ अंक भएको छ । अब आजै हुने हङकङ र पीएनजीबीचको खेलको विजेताले नेपालसँग फाइनलमा बुधबार खेल्ने छ ।

तपाईको प्रतिक्रिया