Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तासाझेदार तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । भेटमा राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लगायतको विषयमा छलफल भएको छ ।

एकीकृत समाजवादीले आफ्ना मागबारे प्रधानमन्त्रीले लिखित सहमति गरे राष्ट्रियसभाको अध्यक्षमा र प्रधानमन्त्रीको विश्वासको मत नदिने चेतावनी दिएको थियो । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि भेटवार्ता भएको हो । आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ भने प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैछन् ।

 

तपाईको प्रतिक्रिया