Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आज मंगलवारबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ।

निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ।

उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो। रमजानमै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ। यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया