Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो । बिहान ११:०९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट सांसद नारायण दाहालले उम्मेदवारी दिएका छन्। दाहाललाई गठबन्धनमा रहेका दलको समर्थन रहेको छ। त्यस्तै, नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दिएका छन्। उनलाई विपक्षी दलको समर्थन रहेको छ।

अहिले राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन्।

तपाईको प्रतिक्रिया