Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुने छ । नेपाल र पीएनजीबीच अहिलेसम्म चारवटा टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।

यसअघि भएको नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए । त्यसैगरी आजै हङकङ र पीएनजीबीच पनि खेल हुदै छ । यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ । नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।

फाइनल खेल भोलि हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

तपाईको प्रतिक्रिया